Yog ho sudhar jindagi ko

preview_player
Показать описание
योग हो सुधार जिन्दगीको
रचनाकार ः हरिभक्त बुढाथोकी . संगीत ः शिशिर योगी
गायक ः शिशिर योगी

योग हो सुधार जिन्दगीको, योग हो उद्धार जिन्दगीको . स्वस्थ रही जिउन सिकाउने, उपहार हो जिन्दगीको
योग सिर्जना महा शिवको
योग विज्ञान दीर्घ जीवनको
योग अभियान ऋषिहरूको
स्वाभिमान हो पूर्खाहरूको उच्च जीवन शैली सिकाउने, योगनै दिव्य ज्ञान हो
शक्ति जाग्दछ ओम ध्वनिमा
प्रेम बढाउँछ योगीहरूमा
योग भूमिको सम्मान गर्दै
पालना गरौं योग साधना योगनै हो गुण अपार, अनन्त लाभ भण्डार हो सबै मन जोड्न सक्ने, प्रेमको यो सागर हो
गाउँ शहरमा योग फिजाउँदै
योग गरौं निरोगी बनौ
आहार विहार शुद्ध बनाउँदै
स्वस्थ समाज निर्माण गरौं
वैदिक ऋषिहरूको परम्परा, युगौं युग चलिरहोस्
चित्तवृत्तिको निरोध गर्दै
मन वचन पवित्र बनाऊँ
समताको भाव जगाउँदै
राष्ट्रलाई माथि उठाऊँ योगमय बनाऊँ नेपाल, सबै नेपाली योगी बनून् सबैैलाई खुशी देखूँ, कहीं कोही दुखी नबनून् ।
Рекомендации по теме
Комментарии
Автор

अाहा अति सुन्दर👌👌 योग साधनाको संगित ।स्वास्थ्यनै जिवनको बिस्वासिलो अाधार हो।

pratimadahal
Автор

hari om yo git down load garna paye net nabhayako thauma bajauna hunthyo

dilulama
Автор

कति राम्रो स्वास्थ्य जीवन यापन गर्न उत्साह दिने गित 🎉❤❤

miragautam
Автор

VERY INFORMATIVE AND MOST MELODIOUS SONG ON PATANJALI YOGA. THANKS TO ALL

haribhaktabudhathoki